, चितवनमा अटो रिक्सा भयानक दुर्घटना : ५ जनाको मृत्यु

चितवनमा अटो रिक्सा दुर्घटना : ५ जनाको मृत्यु

२१ मंसिर, चितवन । चितवन जिल्लाको राप्ती नगरपालिका वडा नम्बर ४ मा शनिबार साँझ साँझ ६ः२० तिर अटो रिक्सा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । घटनामा १ जना गम्भीर घाइते भएका छन् ।

चेपाङमार्ग भएर चौकी डाँडातर्फ आउँदै गरेको ना १ ह ६४०९ नम्बरको अटो भण्डारा बजारबाट केहि किलोमिटर उत्तरमा चेपाङ राजमार्ग अन्तर्गत ओरालो क्षेत्रमा अटो तिब्र गतीका कारण अनियन्त्रित भई पहाडमा ठोक्किन जाँदा दुर्घटना भएको ईलाका प्रहरी कार्यलय भण्डाराले जनाएको छ ।

घटनामा परी पर्बतको कुस्मा नगरपालिका पिपलटारी बस्ने श्यामप्रसाद तिवारी सहित ५ जनाको मृत्यु भएको छ । अन्य मृतकको सनाखत हुन सकेको छैन । घटनाको थप विवरण आउन बाँकि छ ।