७ बैशाख २०८१, शुक्रबार

कास्कीमा सडकको काम गरिरहेका ७ मजदुर पुरिए


कास्कीमा ढिस्कोले पुरिएर ७ जनाको मृत्यु

मंसीर १५, कास्की । कास्की जिल्लाको पोखरा महानगरपालिका-२० स्थित मौजामा सडकको काम गरिरहेका ७ मजदुरहरु नाली खन्ने क्रममा ढिस्कोले पुरिएका छन् । पोखरा महानगरपालिकाको कनेक्टिभिटी रोड योजना अन्तर्गत काम भइरहेको थियो।

ढिस्को खस्दा खस्दै २ जना भाग्न सफल भएको र ५ जना पुरिएको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिएका छन् । पुरिने सबै सल्यान जिल्फाका हुन् । पुरिनेमा जोगेन्द्र बुढाथोकी, खिमलाल वली, गणेश वली, तोभान बस्नेत र बिज बहादुर बस्नेत रहेको एसपी कार्कीले बताए।

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !