१२ बैशाख २०८१, बुधबार

सुनसरीमा भयानक दुर्घटना : ट्रक र एम्बुलेन्स ठोक्किँदा ७ जनाको मृत्यु


सुनसरी दुर्घटना

१५ मंसिर, विराटनगर । सुनसरी जिल्लामा एम्बुलेन्स र ट्रक एकआपसमा ठोक्किँदा ७ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार एम्बुलेन्समा १ महिला र ६ पुरुष सवार थिए । जिल्ला प्रहरी कार्यालय, सुनसरीका अनुसार घटना लौकी नजिकै भएको हो । विराटनगरस्थित गोल्डेन अस्पतालबाट शव बोकेर उदयपुर जाँदै गरेको एम्बुलेन्स र वीरगंजबाट विराटनगर जाँदै गरेको ट्रकसँग एकआपसमा ठोक्किदां एम्बुलेन्समा सवार सातै जनाको मृत्यु भएको हो।

विराटनगरको गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी शिवमाया राईको शव बोकेर उदयपुर जाँदै गरेको काे १ च ९३६४ नम्बरको एम्बुलेन्स र ना २ ख ९०८२ नम्बरको ट्रक कोसी गाउँपालिकाको हरिपुरमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाउनेमा उदयपुर त्रियुगा नगरपालिका–१० का वर्ष ३४ को दुर्गाधन राई, २८ का टेकेन्द्र राई, ५० को तुलबहादुर राई, वर्ष ३१ को दिनेश राई र वर्ष ३५ मुकेश राई छन् । त्यस्तै एम्बुलेन्स चालक राजेश दनुवारको पनि मृत्यु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !