१३ आश्विन २०८१, आइतबार

जन्ती बस दुर्घटना हुँदा १ को मृत्यु, ४० घाइते


मृत्यु

८ मंसिर, धादिङ । धादिङको गल्छी गाउँपालिका वडा नं. ६ बैरेनीबजारमा आइतबार बिहान जन्ती बस दुर्घटना भएको छ नुवाकोटको बाँसगडीबाट बाराको अमलेखगञ्जतर्फ जाँदै गरेको बा २ ख ६२६८ नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु र अन्य ४० जना घाइते भएका छन् । घाइतेमध्ये १७ जनाको अवस्था गम्भीर छ ।

दुर्घटनामा डोल्मा तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिए । घाइते भएका ४० जनामध्ये १७ जनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर पठाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !