दुर्घटनावाट १ को मृत्यु, ४ जना घाइते

२४ कात्तिक, भक्तपुर। छुट्टाछुट्टै दुर्घटनामा परी १ जनाको मृत्यु र चार जना घाइते भएका छन् । काभ्रेपलाञ्चोकको नालाबाट च्यामासिंहतर्फ आउँदै गरेको बा६६प ७४७४ नंको मोटरसाइकल अनियन्त्रित भई चाँगुनारायण–९ ताथली फैढोकामा नालीमा खस्दा चालक ४६ वर्षीय छवि भण्डारीको मृत्यु भएको हो ।

नगरकोटबाट ताथलीतर्फ आउँदै गरेको बा१५च ३५६७ नंको बोलेरो जीपले सोही दिशाबाट आउँदै गरेको बा८३प ८७३४ नंको स्कुटरलाई चाँगुनारायण–८ जितपुरमा ठक्कर दिँदा तीन जना घाइते भएका छन् । दुर्घटनामा स्कुटर चालक काठमाडौं–१६ बस्ने १८ वर्षीया सुनिता जिमी राई, बोलेरो जीपका चालक काभ्रे मण्डनदेउपुर नपा–२ का ३५ वर्षीय मङ्गलबहादुर तामाङ र १८ वर्षीय सुवास तामाङ तथा मण्डनदेउपुर नपा–५ का ५५ वर्षीय गोकुल ढकाल घाइते भएका छन् ।