१३ बैशाख २०८१, बिहिबार

बहुला स्यालले तोक्दा १६ जना घाइते


२० कात्तिक, सिरहा । स्यालको टोकाइबाट १६ घाइते भएका छन् । सिरहाको लहान नगरपालिका–४ स्थित कुमहार टोलमा प्रवेश गरी बहुला स्यालले स्थानीयवासीलाई टोकेको हो । स्यालको टोकाइबाट घाइते भएका सबैको लहानस्थित रामप्रसाद उमाप्रसाद स्मारक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

स्यालको टोकाइबाट स्थानीय रामबालक पण्डित, सोनाइ मेस्तर, मो रेहान, गुलाबदेवी महतो, सञ्जुदेवी महतो, प्रदीप महतो, सुरजकुमार दास, नन्दनी मेहतर, रविनाकुमारी मेहतर, सञ्जीवकुमार दासलगायतका घाइते भएका इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । बस्तीमा स्याल पसेको सूचना पाएलगत्तै खटिएको प्रहरी टोली र स्थानीयवासीले स्याललाई धपाएको जनाएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !