१२ बैशाख २०८१, बुधबार

१७ यात्रुको सनाखत, अन्य यात्रुको खोजी जारी


१८ कात्तिक, मेलम्ची । सुनकोशीमा बस दुर्घटना हुँदा ज्यान गुमाएका १८ मध्ये १७ जनाको सनाखत भएको छ । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाका २७ वर्षीया चमेली श्रेष्ठ र उनकी ६ वर्षीया छोरी साइरानी श्रेष्ठ, दोलखाको सैलुङ गाउँपालिका–४ की सलिना तामाङ, वडा नं ३ का तीनमहिने शिशु सिसन तामाङ, वडा नं ५ का ५२ वर्षीया चेतकुमारी बस्नेत, वडा नं ३ का ५१ वर्षीया रत्नकुमारी राउत, वडा नं ५ का १४ वर्षीय निखिल खड्का, वडा नं ४ का १४ वर्षीय दिल लामा, २९ वर्षीय किरण राउत र २० वर्षीया कविता राउत छन् ।

यस्तै सैलुङ गाउँपालिका–३ का ३२ वर्षीया निर्मला खड्का, वडा नं ६ का ७० वर्षीया उरमाया मोक्तान, भीमेश्वर नगरपालिकाका २४ वर्षीया रञ्जिता केसी बस्नेत, काभ्रेको रोशी गाउँपालिका–४ की सजिना तामाङ, दोलखाको सैलुङ्गेश्वरी–५ का ३८ वर्षीय सानू राउत आले, वडा नं ३ का निकेश खड्का र चितवनको पटीहानीका ५६ वर्षीया पूजा बस्नेतको दुर्घटनामा मृत्यु भएको काफ्लेले जानकारी दिए । ‘नदीले बगाएको हुनसक्ने भएकाले यात्रुको खोजी जारी छ’, उनले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !