७ बैशाख २०८१, शुक्रबार

राजपाका सांसद प्रमोद साहले गरे जनकपुर विमानस्थलको तोडफोड


२७ असोज, काठमाडौं । राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद साहले जनकपुर विमानस्थलमा तोडफोड गरेका छन् । सांसद साहले जहाज उड्न ढिला गरेको भन्दै जनकपुर विमास्थलस्थित बुद्ध एयरको काउन्टर तथा भीआइपी क्षेत्रमा समेत तोडफोड गरेका हुन् ।

आइतबारदेखिकै हवाई चापका कारण जहाजहरु केही समय ढिला गरि उडिरहेको समेत ती अधिकारीले जानकारी दिए । उपचारका लागि काठमाडौं हिँडेका एक वृद्धको स्वास्थ्य अवस्था नाजुक देखिपछि आक्रोशित भएर बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको साहले स्वीकारेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !