८ बैशाख २०८१, शनिबार

दुर्घटनावाट मृत्यु हुने पाँचै जनाको पहिचान खुल्यो


७ असोज, नवलपरासी । सोमबार राति १०:१५ बजेको समयमा पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८, खरकट्टा जङ्गलस्थित पूर्व–पश्चिम राजमार्गमा लु १ ख ८५३२ नंको ट्रक र बा २१ च ६४०९ नंको कार एकापसमा ठोक्किएर मृत्यु हुने हुने पाँचै जनाको पहिचान खुलेको छ ।

उक्त दुर्घटनावाट मृत्यु हुनेमा देवचुली नगरपालिका–१ केउरेनीका पूर्णबहादुर विक, दिलबहादुर ढेँगामगर, दिपेश राना, हीरा राना र सुरज रानामगर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !