१३ बैशाख २०८१, बिहिबार

प्रदेश २ अझै डुबानमा, १३ हजार परिवार विस्थापित


१ साउन । प्रदेश २ का जिल्ला अझै डुबानमा छन् । गत शुक्रबारदेखिको अविरल बर्षाका कारण सबैभन्दा बढी रौतहट जिल्ला प्रभावित भएको छ ।

डुबानपीडितको पुनःस्थापना र राहतमा सरकारले चासो नदिएको आरोप लागिरहेका बेला बुधबार बिहान संघीय सरकारका चार मन्त्री र नेकपाका एकजना वरिष्ठ नेता बाढी प्रभावित क्षेत्रमा पुगेका छन् ।

बाढी रडुबानबाट प्रदेश २ मा ३२ जना भन्दा धेरैले ज्यान गुमाएका थिए। डुबानबाट विस्थापितको संख्या कयौँ हजार छ । तर स्थानीय, प्रदेश र संघीय सरकाले राहत कार्यक्रममा तदारुकता नदिँदा बाढी डुबानपीडितको विचल्ली भएको छ ।

लगातारको बर्षाका कारण भएको डुबान र बाढीबाट प्रदेश २ का १३ हजार परिवार विस्थापित भएका छन् । प्रदेश २ प्रहरीका अनुसार प्रदेशका आठ जिल्लामा १३ हजार ४४ परिवार विस्थापित भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !