११ बैशाख २०८१, मंगलबार

अविरल वर्षाका कारण प्रदेश २ मा १३ हजार विस्थापित


जनकपुरधाम, ३० असार । अविरल वर्षाका कारण प्रदेश २ का आठ जिल्लामा बाढी र डुबानबाट १३ हजार ४४ परिवार विस्थापित भएका छन् । बाढीले घर भत्काएपछि उनीहरु विस्थापित भएका हुन् ।

प्रदेश २ प्रहरी कार्यालयका अनुसार सबभन्दा बढी महोत्तरीमा ५ हजार २ सय परिवार र सबभन्दा कम धनुषामा २ सय ७९ घरपरिवार मात्र विस्थापित भएका छन् ।

सप्तरीमा ३ हजार, सिरहामा २ हजार ५३४, सर्लाहीमा २ हजार १०५, रौतहटमा १ हजार, बारामा १ हजार ३२४ र पर्सामा २ हजार ५७२ परिवार विस्थापित भएका छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !