७ बैशाख २०८१, शुक्रबार

सुनसरीमा सवारी दुर्घटना : ३ जनाको मृत्यु, २ जना घाईते


सुनसरीमा सवारी दुर्घटना

सुनसरी । सुनसरी जिल्लाको कोशी गाऊपालिका-८ नङ्खु टोल स्थित पुर्ब-पश्चिम राजमार्गमा हायसले पिकअप र मोटरसाईकललाई ठक्कर दिँदा ३ जनाको मृत्यु र २ जना घाईते भएका छन् ।

आज बिहान पौने ८ बजे पुर्बबाट पश्चिम तर्फ जादै गरेको बा ३ ख ७२२४ नम्बरको हायस गाडीले बिपरित दिशाबाट आउदै गरेको स६प ४६६१ नम्बरको मोटरसाईकल र को१च ९३६८ नम्बरको पिकअप गाडीलाई ठक्कर दिएको थियो ।

सो दुर्घटनाबाट गम्भिर घाईते भएका मोटरसाईकल चालक सप्तरी डाक्नेश्वरी ५ का २८ बर्षीय उदय साह, मोटरसाईकल पछाडी सवार मोरङग बिराटनगर ९ का ४५ बर्षीय राम प्रसाद साह र पिकअप चालक बिराटनगर ७ का ४० बर्षीय अक्षय कुमार गुप्ताको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको छ ।

उक्त दुर्घटनाबाट घाईते भएका हायस चालक नुवाकोट बिदुर नगरपालिका १३ का ३५ बर्षीय विवस तामाङ् र हायसको सहचालक सोही स्थान ११ का २५ बर्षीय नारायण बत्सयालको बिराट नर्सिङ होममा उपचार भईरहेको छ । दुर्घटना भएका तिन वटै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !