६ बैशाख २०८१, बिहिबार

लमजुङको भुलभुले केन्द्र भएर एकाबिहानै ५.८ म्याग्नेच्युटको भूकम्प


भूकम्प

काठमाडौं । लमजुङको उत्तरी क्षेत्र खुदी भुलभुले केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ः४२ बजे लमजुङको भुलभुले आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्प ५.८ रिक्टर स्केलको भएको केन्द्रका भूकम्पविद् डा. लोकविजय अधिकारीले जानकारी दिए ।

यो भूकम्प २०७२ सालको महाभूकम्पको पराकम्प भएको केन्द्रले जानकारी दिएको छ । भूकम्पको धक्का लमजुङ, गोरखा, तनहुँ, कास्की, मनाङ, चितवन, धादिङ र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो । भूकम्पको क्षतिबारे जानकारी प्राप्त भइसकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !