६ बैशाख २०८१, बिहिबार

चितवनको चिउँडे खोलामा ट्र्याक्टर दुर्घटना : ५ जनाको मृत्यु, १९ जना घाइते


चितवनमा ट्र्याक्टर दुर्घटना फाइल फोटो

चितवन । चितवन जिल्लाको राप्ती नगरपालिका–११ आमपानीस्थित चिउँडे खोलामा ट्र्याक्टर दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार थाकलटारबाट ढलानको काम गर्ने मजदुर बोकेर चिउँडे खोलातर्फ जाँदै गरेको ना १ त ६३८२ नम्बरको ट्र्याक्टर आज साँझ ७ः३० बजे पुलबाट झण्डै २०० मिटर तल खसेको हो ।

घाइतेको उद्धार गरी अस्पताल ल्याइएकामध्ये ५ जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए । घाइतेको भरतपुर अस्पताल र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घाइतेमध्ये आठको अवस्था गम्भीर रहेको उनले जानकारी दिए । घाइतेको सङ्ख्या थपिन सक्ने प्रहरीको अनुमान रहेको छ । मृतकको थप विवरण आउन बाँकी रहेको थापाले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !