१२ बैशाख २०८१, बुधबार

संखुवासभामा सवारी दुर्घटना : १५ जना यात्रु घाइते


दुर्घटना

संखुवासभा । संखुवासभाको मादी नगरपालिकाबाट धरानतर्फ जाँदै गरेको को १ ख २८२४ नम्बरको शुभम डिलक्स गाडी धर्मदेवी नगरपालिका-४ को दोभान रिसोर्ट नजिक दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन् ।

२० मिटरमाथिबाट गाडी पल्टिँदा दुर्घटना भएको हो । अहिले घटनास्थलमा गुल्म नम्बर ४ सशस्त्र प्रहरी बल चैनपुर र इलाका प्रहरी कार्यालय चैनपुरसहितको सुरक्षाकर्मीको सहयोगमा घाइतेलाई उपचारका लागि धरानस्थित बिपी मेमोरियल अस्पताल लैजाने तयारी भइरहेको सशस्त्र प्रहरी बल संखुवासभाका प्रहरी नायब उपरीक्षक विशाल सिलवालले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु