७ बैशाख २०८१, शुक्रबार

चितवनको भरतपुरमा दुर्घटना : स्कुटरमा सवार ३ जनाको मृत्यु


दुर्घटना

भरतपुर । चितवनको भरतपुरमा हिजो शनिबार साँझ यात्रुबाहक बस र स्कुटर ठक्कर खाँदा ३ जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका-२२ पकौडी बजारमा जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको बस र विपरीत दिशाबाट जाँदै गरेको स्कुटर ठक्कर खाँदा स्कुटरमा सवार ३ जनाको मृत्यु भएको हो ।

ना ५ ख २१५० नं को बस र ना ४० प ७०८२ नं को स्कुटर एक आपसमा ठक्कर खाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।

दुर्घटनामा परी स्कुटरमा सवार भरतपुर-६ गीतानगर बस्ने ४० वर्षीय स्कुटर चालक मोहन अधिकारी, स्कुटरमा सवार सोही स्थान बस्ने मोहनकी छोरी १७ वर्षीया विनिसा अधिकारी र सोही स्थान निवासी चालकको दाइकी छोरी १७ वर्षीया दिविसा अधिकारीको मृत्यु भएको थापाले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !