झापामा बस र स्कुटर ठोक्किँदा १ जनाको मृत्यु Nepalpatra झापामा बस र स्कुटर ठोक्किँदा १ जनाको मृत्यु
९ बैशाख २०७८, बिहिबार

झापामा बस र स्कुटर ठोक्किँदा १ जनाको मृत्यु


दुर्घटना

बनियानी । झापाको शिवसताक्षी-९ स्थित यलम्बर चोकमा बस र स्कुटर ठोक्किँदा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक इलाम, चुलाचुली गाउँपालिका-४ का ३८ वर्षीय राजेन्द्र देवान छन् ।

पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ ख २७४६ नंको बस र विपरीत दिशातर्फ जाँदै गरेको को ३८ प ४१९४ नं को स्कुटर ठोकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

दुर्घटनामा सोही स्कुटीको पछाडि सवार चुलाचुली-४ का ४० वर्षीय पूर्ण राई घाइते भई बिर्तामोडस्थित बिएडसी अस्पतालमा उपचार भइरहेको छ । घटनापछि बस चालक झापा, अर्जुनधारा नगरपालिका-११ नयाँ बस्तीका ४० वर्षीय मानबहादुर पुरी तथा बस र स्कुटर इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !