८ बैशाख २०८१, शनिबार

जावलाखेलमा बसको ठक्करबाट स्कुटरमा रहेकी महिलाको मृत्यु


दुर्घटना

ललितपुर । ललितपुरको जावलाखेल चोकमा बसले ठक्कर दिँदा स्कुटरमा रहेकी १ जना महिलाको मृत्यु भएको छ । स्कुटर चालक महिलाको अल्का अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर, ललितपुर स्रोतले जानकारी दिएको छ ।

महानगरीय प्रहरी परिसर, ललितपुर स्रोतका अनुसार आज सोमबार दिउँसो साढे १ बजे भैंसीपाटी जाँदै गरेको बा २ ख ३५७४ नम्बरको बसले प्र ३- ०२-०१० प ५५८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

दुर्घटना हुनु भन्दा अघि जावलाखेलमा ट्राफिक प्रहरीले चेकिङ गरिरहेको थियो भने चेकिङको क्रममा स्कुटर भाग्न खोज्दा पछाडिबाट बसले ठक्कर दिएको बताइएको छ । यसरी चेकिङकै समयमा दुर्घटना भएपछि परिसर विरोध भएको थियो ।

ट्राफिकको पनि यसमा गल्ती भएको भन्दै केही मानिसहरूले विरोध गरेका थिए भने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !