धादिङमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु Nepalpatra धादिङमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु
३१ बैशाख २०७८, शुक्रबार

धादिङमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु


दुर्घटना

धादिङ । धादिङको धुनीबेंसी नगरपालिका खानीखोलामा आज ट्रक र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ । धादिङबाट काठमाडौँतर्फ जाँदै गरेको प्र ३ ०२ ००९प ८२३० नम्बरको मोटरसाइकल विपरीत दिशातर्फ जाँदै गरेको ना १ क ६५४७ नम्बरको ट्रकसँग जुध्दा भएको दुर्घटनामा धादिङ, नीलकण्ठ नगरपालिका वडा नम्बर ५ का ६० वर्षीय बलराम अधिकारी र उनका छोरा ३० वर्षीय डा. सुरेश अधिकारीको मृत्यु भएको हो ।

दुर्घटनापछि मोटरसाइकलमा आगलागी भएको तथा मोटरसाइकल चालक डा. अधिकारी र उनका बाबु घाइते भएका थिए । घाइतेको उपचारका लागि लाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए । सवारी साधन उछिन्न लाग्दा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !