१३ बैशाख २०८१, बिहिबार

ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु, एक जना गम्भीर घाइते


ट्रक दुर्घटना

काठमाडौं । सोमबार बिहान चितवनबाट रड बोकेर काठमाडौंतर्फ आइरहेको ट्रक र सिमेन्ट बोकेको ट्रक एक आपसमा ठोक्किदा दुई जनाको ज्यान गएको छ । एक जना गम्भीर घाइते भएका छन् । धादिङको सिम्लेमा काठमाडौंतर्फ आइरहेको लु २ ख २७० नम्बरको ट्रकले ना ६ ख ६४६५ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा रड बोकेको ट्रकमा सवार दुई जनाको ज्यान गएको छ । एक जनाको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ । उनीहरुको सनाखत नभइसकेको इलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !