७ बैशाख २०८१, शुक्रबार

कपिलवस्तुमा ट्रकको ठक्करबाट १ जनाको मृत्यु


दुर्घटना

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका-१ चैनपुरमा ट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ५०७५ नंको ट्रकले गए राति चैनपुर स्वर्गद्वारी गेट अगाडि ठक्कर दिँदा शिवराज-१ चैनपुर निवासी ५० वर्षीय हाउ थारूको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

बाक्लो हुस्सुका कारण दुर्घटना भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताए । तराईमा बाक्लो हुस्सु लागेकाले गति सीमित गरी सवारी चलाउन समेत उनले आग्रह गरेका छन् । उहाँले दुर्घटना गराउने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !