८ बैशाख २०८१, शनिबार

कलंकीमा मालबाहक ट्रक भयानक दुर्घटना : १ जनाको मृत्यु, ६ जना घाइते


दुर्घटना

काठमाडौँ । काठमाडौंको कलंकीमा ब्रेक फेल भएको ट्रकले ८ वटा सवारी साधनलाई ठक्कर दिँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।

थानकोटबाट कलंकीतर्फ आउँदै गरेको मालबाहक ट्रक शुक्रबार साँझ ६:३० बजे ब्रेक फेल भएर सडक नजिकैको एउटा घरमा पनि क्षति पुर्याएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

प्रदेश-२-०३००१ ख १४२० नम्बरको मालबाहक दुर्घटना हुँदा ओखलढुंगा घर भई कलंकी बस्दै आएका अन्दाजी ३० वर्षीय शंकर परियारको मृत्यु भएको ट्राफिक प्रहरीले जानकारी दिएको हो । घाइतेहरुको बयोधा र शहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

ट्राफिक प्रहरीका अनुसार घटनास्थलमा क्रेन लगेर दुर्घटना भएको ट्रक तानिएको छ । दुर्घटना कलंकीस्थित कालिका पम्प नजिकै भएको हो । दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !