मोटरसाइकलको ठक्करबाट एकको मृत्यु Nepalpatra मोटरसाइकलको ठक्करबाट एकको मृत्यु
१५ माघ २०७७, बिहिबार

मोटरसाइकलको ठक्करबाट एकको मृत्यु


दुर्घटना

देउखुरी । मोटरसाइकलको ठक्करबाट देउखुरीमा आज बिहान एककोे मृत्यु भएको छ । लमही नगरपालिका–७ कप्तानगञ्जका ५२ वर्षीय पुरण बाँठामगरको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

बिहीबार बेलुका पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा३प ७५६० नंको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेका साइकलयात्री बाँठामगरलाई ठक्कर दिँदा उहाँ गम्भीर घाइते हुनुभएको थियो । मोटरसाइकल चालक लमही नगरपालिका–८ धनपुरुवा निवासी २२ वर्षीया लीला चौधरी पनि घाइते भएको र अहिले बुटवलमा उपचार भइरहेको प्रहरी निरीक्षक खिमबहादुर घर्तीमगरले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !