१२ बैशाख २०८१, बुधबार

बस दुर्घटना हुँदा एकजनाको मृत्यु, अन्य १७ घाइते


बस दुर्घटना

कैलाली । अछाममा बस दुर्घटना भएको छ । धनगढी आउँदै गरेको ना४ख ९९७२ नम्बरको बस अछाम चौरपाटी गाउँपालिका-७ मार्कुमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

बस दुर्घटनामा अछामकै साँफेबगर नगरपालिका-३ का अन्दाजी १७ वर्षीय निरज कुँवरको मृत्यु भएको र अन्य १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । घाइतेहरू सबैको बलयपाटा अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !