८ बैशाख २०८१, शनिबार

चितवनमा ग्यास बुलेटको ठक्करबाट २ जनाको मृत्यु


मोटरसाइकल दुर्घटना

चितवन । चितवनमा आज सोमबार साँझ मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी चितवनको राप्ती नगरपालिका-६ स्थित हर्दिमा आज साँझ ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार प्र ३-०३, ००२ प ११८ नम्बरको मोटरसाइकललाई ग्यास बुलेटरले ठक्कर दिएको थियो । प्रहरीले ग्यास बुलेटलाई नियन्त्रणमा लिएको छ । स्थानीयवासी र प्रहरीबीच सडकमा पटक पटक झडप भएको बताइएको छ ।

भारतीय नम्बर प्लेटको ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु हुनेमा राप्ती-५ भण्डाराका सचिन दनाइ र अर्का एक जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटना पश्चात स्थानीयले केहीबेर राजमार्ग अवरुद्ध पारेका थिए ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार घटनापछि स्थानीयवासीले सडक अवरुद्ध गरेका छन् । उनीहरुलाई उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । प्रहरीले बाटो खुलाउने प्रयास भइरहेको जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !