१३ बैशाख २०८१, बिहिबार

मोटरसाइल दुर्घटनामा परी घाइते भएका पुरुषको उपचारका क्रममा मृत्यु


मृत्यु

कञ्चनपुर । मोटरसाइल दुर्घटनामा परी घाइते भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१ बन्साहाका ४० वर्षीय उत्तमसिंह धानुकको उपचारका क्रममा आज मृत्यु भएको छ ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत कृष्णपुर-२ वाणीमा मोटरसाइकल दुर्घटनामा परी धानुक सोमबार घाइते भएका थिए । धानुकलाई तत्कालै उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा भर्ना गरिएकामा उपचारकै क्रममा मृत्यु भएको परिवारजनले जनाएका छन् ।

सोमबार दिउँसो वाणीमा म १ प ७८२३ र सुप प्र ०१–००८ प २८९ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किंदा प्रहरी सहायक निरीक्षक धीरबहादुर विष्ट, शुक्लाफाँटा नगरपालिका-१ बन्साहका धानुक र २१ वर्षीय सुनिता विष्ट घाइते भएका थिए । घाइते दुवै जनाको उपचार भैरहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !