१३ बैशाख २०८१, बिहिबार

प्रदेश १ मा दुर्घटनाबाट २ जनाको मृत्यु


दुर्घटना

बिराटनगर । मोरङ बिराटनगर-१२ शुक्रबारे हाट स्थितमा बस्ने २६ बर्षीय घनश्याम कामतको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । हिजो राती पौने १० बजे को १८ प ४८३१ नम्बरको मोटरसाईकल सोही एरिया स्थित भित्री सडकखण्डमा बिजुलीको पोलामा ठोकिएर दुर्घटना भएको थियो ।

दुर्घटनाबाट घाईते भएका मोटरसाईकल चालक घनश्यामको न्युरो अस्पतालमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सोही मोटरसाईकल पछाडी सवार रहेका २० बर्षीय राजेश कामत र ४ बर्षीया सोनु कामत समेत घाईते भएकोमा उनिहरुको उपचार भईरहेको छ ।

यसैगरी उदयपुरको उदयपुरगढी-७ नेपाल्टार स्थितमा मोटरसाईकलको ठक्करबाट सोही स्थान बस्ने १८ बर्षीया निर्मला बि.क.को मृत्यु भएको छ । आज विहान ८ बजे स ९ प ४७२ नम्बरको मोटरसाईकलले पैदल यात्री निर्मलालाई ठक्कर दिदा उनि गम्भिर घाइते भएकी थिईन ।

घाईते निर्मलाको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा पौने ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मोटरसाईकल र मोटरसाईकल चालक उदयपुरगढी-८ बस्ने १९ बर्षीय मेसक राई नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !