१२ बैशाख २०८१, बुधबार

धादिङको सलाङघाटमा स्करपियो दुर्घटना हुँदा ५ जना घाइते


दुर्घटना

धादिङ, १४ कात्तिक । बुटवलबाट काठमाडौँ आउँदै गरेको स्करपियो धादिङको पृथ्वी राजमार्गस्थित सलाङघाटमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

बा १२ च ४४१० नम्बरको स्करपियो सडकबाट खोल्सामा खसेर दुर्घटना भएको र सबै घाइतेको उद्दार गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायब निरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

दुई गम्भीरसहित सबै घाइतेको राजमार्ग सामुदायिक अस्पताल, मलेखुमा उपचार भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !