८ बैशाख २०८१, शनिबार

सप्तरीमा कारको ठक्करबाट वृद्धको मृत्यु


कारको ठक्करबाट वृद्धको मृत्यु

राजविराज, १२ कात्तिक । पुर्व-पश्चििम राजमार्ग अन्तर्गत सप्तरीको बरमझियामा आज बिहान कारको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको कंचनरुप नगरपालिका वडा नं. २ बरमझिया निवासी ७५ वर्षीय तीलक सुरेत रहेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरिक्षक नरेश कुमार सिँहले जानकारी दिनुभयो ।

पुर्वबाट पश्चिम जाँदै गरेको बा १८ च ७७३४ नम्बरको कारले बाटो काटने क्रममा तीलकलाई ठक्कर दिएको थियो । सो ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिएर भाग्न खाजेका कारलाई प्रहरी चौकी मोहलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !