१३ बैशाख २०८१, बिहिबार

उदयपुरमा स्कारपियो जिप दुर्घटना : ५ जनाको मृत्यु, ३ जना घाइते


दुर्घटना

उदयपुर, कार्तिक २ । उदयपुरमा दसैंका यात्रु सवार स्कारपियो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ३ जना घाइते भएका छन् । सिद्धिचरण राजमार्गको कटारी घुर्मी सडक अन्तर्गत कटारी नगरपालिका-१४ भदौरे भिरमा हिजो शनिबार राति ११ः५५ बजे स्करपियो जिप खस्दा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुर्घटनामा ३ जना गम्भीर घाइते छन् ।

बा २० च ७१७१ नम्बरको स्कारपियो जिप राजमार्गबाट करिब ९ सय मिटर तल स्कारपियो खस्दा ५ जनाको मृत्यु भएको हो भने चालकसहित ३ जना घाइते छन् । उनीहरू भारतबाट ओखलढुंगा आउँदै गर्दा दुर्घटनामा परेका हुन् । मृत्यु भएकामध्ये २ जनाको पहिचान खुलेको छ ।

भैरहवाबाट कटारी हुँदै ओखलढुंगाको मानेभन्ज्याङ जान लागेको बा २० प ७१७१ नम्बरको स्करपियो दुर्घटनाग्रस्त भएको हो । मृत्यु हुनेमा ओखलढुंगा मानेभन्ज्याङ-९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्मी सार्कीको मात्र पहिचान खुलेको उदयपुरका एसपी भीमबहादुर दाहालले जानकारी दिए ।

मृत्यु भएका अन्य ३ जना करिब ३० वर्षकी महिला, ३० वर्षका पुरूष, ५० वर्षका पुरूषको भने नाम खुल्न बाँकी छ । दुर्घटनामा ओखलढुंगाको मानेभञ्याङ-९ की २८ वर्षीया कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र चालक रूपन्देहीको त्रिगम्बा नगरपालिका-४ का २८ वर्षीय पनव खड्का गम्भीर घाइते भएका छन् । उनीहरूलाई थप उपचारका लागि विराटनगर पठाइएको छ ।

एसपी दाहालका अनुसार उनीहरू दसैं मनाउन घर फर्कंदै गरेको देखिन्छ। भारतको लद्दाखबाट चालकसहित ७ सात जना आएको र कटारीबाट उक्त स्कारपियोमा १ जना चढेको देखिन्छ । उनीहरू एकै ठाउँका दुई परिवारका हुन सक्ने उनले बताएका छन् ।

घटनास्थलमा प्रहरी पुगेको र घाइतेको कटारी अस्पतालमा उपचार भइरहेको एसपी दाहालले बताएका छन् । घाइते चालकका अनुसार ब्रेक फेल भएर स्कारिपयो दुर्घटना भएको प्रहरीले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !