१३ बैशाख २०८१, बिहिबार

सप्तरीमा सवारी दुर्घटना : २ जनाको मृत्यु, २ जना घाइते


दुर्घटना

सप्तरी, २८ साउन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खड्क नगरपालिका-६ मा आज भएको सवारी दुर्घटनामा परी एक बालिकासहित दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ च ८४८३ नंको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको स ७ प ८९३२ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा बालिकासहित चार जना सवार थिए ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सोही नगरपालिका निवासी ४५ वर्षीय कासिम अन्सारी र ३ वर्षीया नातिनी फरना खातुन रहेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो । ठक्करबाट गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि रुपनीस्थित युनिक अस्पतालमा भर्ना गरिए पनि उपचारकै क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा परी मृतककी ४० वर्षीया श्रीमती रोशना खातुन र २५ वर्षीया छोरी समसुन खातुन गम्भीर घाइते भएका छन् । उनीहरुको युनिक अस्पतालमा उपचार भइरहेको छ भने पिकअप र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !