१२ बैशाख २०८१, बुधबार

दाङमा जीपको ठक्करवाट २ जना पैदल यात्रीको मृत्यु


दुर्घटना

दाङ, साउन ११। दाङमा जीपको ठक्करवाट २ जना पैदल यात्रीको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङको पिपरीमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको बा २० च ५७४४ नम्बरको जीपले ठक्कर दिँदा राप्ती गाउँपालिका-८ पिपरीका ५० वर्षीय राजकुमार चौधरी र ८ वर्षीय निशान चौधरीको मृत्यु भएको हो । शनिबार बेलुका जीपको ठक्करबाट घाइते भएका ५ जना पैदल यात्रीमध्ये राति राजकुमारको उपचारका क्रममा कोहलपुर र निशानको बुटवलमा मृत्यु भएको हो ।

जीपको ठक्करबाट घाइते भएका पिपरीका २२ वर्षीया गौरी चौधरी, उनकी २ वर्षीया छोरी लक्ष्मी चौधरी र ७ वर्षीया सृष्टि गुरुङको बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । चालक र गाडी नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !