१२ बैशाख २०८१, बुधबार

चितवनको भरतपुरमा रहेको सरस फुड इन्डस्ट्रीमा भिषण आगलागी


आगलागी

१८ चैत, चितवन । चितवन जिल्लाको भरतपुर महानगरपालिका-४ लंकुमा रहेको सरस फुड इन्डस्ट्रीमा भिषण आगलागी भएको छ । आगो लगभग नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

स्थानीय बासिन्दाका अनुसार उद्योगमा मंगलबार बिहान करीव ५ बजे आगलागी शुरु भएको हो । हाल ४ वटा दमकलहरुले आगो निभाउने काम भइरहेको छ । आगलागी विद्युत सर्टका कारण भएको हुनसक्ने बताईएको छ भने पूर्ण क्षतिको विवरण आउन भने बाँकी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !