८ बैशाख २०८१, शनिबार

किनारमा भर्खरै जन्मिएको शिशु मृत फेला


मृत्यु

भद्रपुर, ६ माघ । झापाको मेचीनगर नगरपालिका–६ स्थित बर्मेली टोलीमा आज बिहान सालनालसहितको शिशु मृत फेला परेको छ ।

बर्मेलीटोलस्थित सडक किनारमा भर्खरै जन्मिएको शिशुलाई मारेर कसैले फ्याँकेको हुन सक्ने प्रहरीले जनाएको छ । स्थानीयले खबर गरेलगत्तै इलाका प्रहरी कार्यालयबाट आएको प्रहरीले शिशुको शव परीक्षणका लागि धरानस्थित बीपी कोइराला मेमोरियल अस्पतालमा पठाएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताउनुभयो । उहाँले स्थानीयको सहयोगमा घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !