८ बैशाख २०८१, शनिबार

गोरु ब्यापारमा सहयोग गर्नुपर्‍यो भन्दै इन्सपेक्टरलाई घुस दिने पक्राउ


पक्राउ

२ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक गोरु ब्यापारीलाई पक्राउ गरेको छ । स्याङ्जा वालिङको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई घुस दिन खोज्दा गोरु ब्यापारी रुपन्देहीको बसन्तपुर गाउँपालिका ४ का जहरुद्धिन तेली पक्राउ परेका छन् ।

गोरु ब्यापारमा सहयोग गर्नुपर्‍यो भन्दै तेलीले १५ हजार रुपैयाँ दिएपछि प्रहरीले रकमसहित तेलीलाई अख्तियारको जिम्मा लगाएको थियो । यस विषयमा अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !