७ बैशाख २०८१, शुक्रबार

लागुऔषधसहित ३ जना पक्राउ


पक्राउ

१५ मंसिर, मोरङ । मोरङवाट गाँजा सहित ३ जना पक्राउ परेका छन । सुन्दरहरैचा नगपालिका-१० खोर्साने चोकवाट पक्राउ पर्नेमा बेलबारी नगरपालिका १ बस्ने २४ बर्षीय लक्ष्मी गुरुङ, सोही स्थानका १९ बर्षीय बिकाश धिमाल र १९ बर्षकै रितिक बस्नेत रहेका छन ।

हिजो साँझ साढे ५ बजे प्रहरी चौकी बिराटचोकबाट खटिएको प्रहरी चेकीङ टोलीले मोटरसाईकलमा आएका तिनै जनालाई चेकजाँच गर्ने क्रममा उनिहरुको साथबाट ३ केजी ४ सय ग्राम गाँजा फेपा पारी बरामद गरिएको उक्त कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !