१३ बैशाख २०८१, बिहिबार

२ वर्षीया बालिका बलात्कार आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ


३ मंसिर, काठमाडौं । नवलपरासीको सुनवलमा साढे दुई वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा सुनवल नगरपालिका–६ विसासयका ६५ वर्र्षीय कुमबहादुर गुरुङ पक्राउ परेका छन् ।

घरमा कोही नभएको अवस्थामा खेल्दै बालिका गुरुङको घरमा पुगेको बेला गुरुङले बालिकालाई आइतबार साँझ बलात्कार गरेको उनको आफन्तले बताएका छन् । बालिकाको पृथ्वीचन्द अस्पतालमा मेडिकल परीक्षण गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !