७ बैशाख २०८१, शुक्रबार

मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु


मृत्यु

५ माघ, अछाम । अछामको कमलबजार नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । कमलबजार नगरपालिका–२ बस्ने खड्ग विष्टले चलाएको से४प ९१३८ नंको मोटरसाइकलको ठक्करबाट वडा नं १ बस्ने दानबहादुर माझीकी साढे दुई वर्षीया छोरी तुलसी माझीको मृत्यु भएको हो ।

शुक्रबार बेलुका पौने ४ बजे मोटरसाइकलको ठक्करबाट घाइते भएकी तुलसीको उपचारको क्रममा राति ९ बजे बयालपाटा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालिकालाई ठक्कर दिने मोटरसाइकल र चालकलाई तत्काल प्रहरीले नियन्त्रणमा लिएको थियो ।

१५ वर्षीय बालक १३ दिनदेखि बेपत्ता
मङ्गलसैन नगरपालिका–३ बिसाकोट चिमेसालका १५ वर्षीय रमेश सार्की १३ दिनदेखि बेपत्ता छन् । स्थानीय पदम सार्कीका छोरा रमेश गत पुस २२ गतेदेखि बेपत्ता रहेको रहेको परिवारले जनाएको छ ।

मानसिक सन्तुलन ठिक नभएका बालक एक्कासि घरबाट बेपत्ता भएकाले सबैतिर खोजी गर्दा पनी फेला नपरेको उनका दाजु शेरबहादुर सार्कीले जानकारी दिनुभयो । चिसोको समयमा एउटा टिसर्ट मात्रै लगाएका रमेशको खोजीका लागि जिल्ला प्रहरीलाई समेत जानकारी गराइसकिएको उहाँको भनाइ थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !