८ बैशाख २०८१, शनिबार

बस दुर्घटना अपडेट : १० जनाको हेलिकप्टरमा उद्धार


heli

३ माघ, गलकोट । कुश्मा नगरपालिका–१ मालढुङ्गामा बस दुर्घटना परी गम्भीर घाइते १० जनाको हेलिकप्टरमा उद्धार गरिएको छ ।

घाइते दुई जनालाई डाइनेस्टिक एयरको हेलिकप्टरमा काठमाडौँको ग्राण्डी अस्पताल, एक जनालाई सिम्रिक एयरको हेलिकप्टरमा पोखराको मणिपाल शिक्षण अस्पताल तथा सात जनालाई नेपाली सेनाको हेलिकप्टरमा काठमाडौँको छाउनी अस्पताल पु¥याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिनुभयो । अन्य २२ घाइतेलाई एम्बुलेन्समार्फत पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको छ ।

म्याग्दीको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नंको बस आज पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा दुर्घटना हुँदा सात जनाको ज्यान गएको थियो । दुर्घटनामा ३२ जना घाइते भएका थिए । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !