१२ बैशाख २०८१, बुधबार

चरेससहित भारतीय पक्राउ


पक्राउ

२० मङ्सिर, पर्सा । प्रहरीले वीरगञ्जको इनर्वाबाट चरेससहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

वीरगञ्जबाट साइकलमा रक्सौलतर्फ जाँदै गरेका भारत बिहार राज्यको पटनाका ६० वर्षीय बिपीनकुमार कुर्मीलाई एक किलो ५०० ग्राम चरेससहित प्रहरीले आज पक्राउ गरेको हो । नेपालमा खरिद गरिएको चरेस भारततर्फ लैजाँदै गरेको अवस्थामा कुर्मीलाई शङ्कराचार्यद्वार नजिकै जाँच गर्दा पक्राउ गरिएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !