१२ बैशाख २०८१, बुधबार

एउटा रहस्यमयी गाउँ, जहाँ सुतेपछि महिनौंसम्म उठ्दैनन् मानिस


kazakistan-sleeping_sickness

संसार विभिन्न प्रकारका रहस्यले भरिएका छन् । यस्ता थुप्रै कुराहरु हुन्छन् जसको जवाफ अहिलेसम्म कसैले पनि दिन सकेका छैनन् । वैज्ञानिक पनि यस्ता थुप्रै रहस्यमयी कुराको जवाफको खाजी गर्दागर्दै थाक्ने गर्दछन् । केही यस्तै रहस्य लुकेको छ काजकिस्तानको एक अचम्मको गाउँमा । यहाँका मानिसहरु थुप्रै दिनसम्म सुतिरहन्छन् ।

उत्तरी काजकिस्तानको कलाची गाउँका मानिसहरु रहस्यमयी तरिकाले सुतिरहने रोगबाट पीडित छन् । जब यहाँका मानिसहरु एकपटक सुत्छन् तब थुप्रै दिन वा महिनासम्म उठ्दैनन् । यसकारण बाहिरका मानिसहरुले यहाँका मानिसलाई कुम्भकर्णका आफन्त भन्छन् । थुप्रै दिनसम्म सुतिरहने यहाँको अचम्मको रोग पहिलो पटक सन् २०१० मा सार्वजनिक भएको थियो । केही बच्चाहरु अचानक स्कूलमा लडेका थिए र सुत्न थालेपछि उक्त घटनाबारे खोजबिन भएको थियो । त्यसपछि यस्ता रोग लाग्ने व्यक्तिहरुको संख्या बढ्न थाल्यो । त्यतिबेलादेखि वैज्ञानिक यो गाउँमा अनुसन्धान गरिरहेका छन् ।

यसबारे विभिन्न वैज्ञानिक, डाक्टरले वर्षौंदेखि अनुसन्धान गरिरहेपनि अहिलेसम्म यसको सही कारण पत्ता लाग्न सकेको छैन । यस्तै केही डाक्टरका अनुसार यो सबै प्रदुषित पानीका कारण भएको बताए । रहस्यमयी तरिकाले सुत्ने भएकाले यो गाउँलाई स्लिपी हलो पनि भनिन्छ ।

अचम्मको छ यो रोगः

यो रहस्यमयी गाउँ उत्तरी काजकिस्तानमा छ । यहाँको जनसंख्य ६ सयको छ र यो रोगबाट लगभग १४ प्रतिशत मानिस पीडित छन् । सबैभन्दा अचम्मको कुरा के छ भने यो रोगीलाई आफू सुतेको भन्ने थाहा नै हुँदैन अर्थात्, यी मानिसहरु जता पनि निदाउन सक्छन् जस्तै बजार, विद्यालय, सडक, पार्क, जुनसुकै स्थानमा उनीहरुलाई निन्द्रा लाग्ने गर्दछ र थुप्रै दिनसम्म सुत्ने गर्दछन् ।

यो हुनसक्छ कारणः

काजकिस्तानको यो गाउँ यूरेनियमको बन्द भइसकेको खानी नजिकै छ जहाँ विषालु विकिरण आइरहन्छन् । थुप्रै मानिसहरुको बुझाई अनुसार उक्त खानीका कारण नै मानिसहरुलाई यस्तो अचम्मको रोग लागेको हुनसक्छ । हुन त उक्त स्थानमा विकिरणको डरलाग्दो मात्रा त छैन । डाक्टर पनि यसका लागि विकिरण नै जिम्मेवार भएको मान्दैनन् ।

यो पनि पढ्नुहोस् :

विश्वकै सबैभन्दा खतरानक टापु,जहाँ सर्पमात्र बस्छन्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !