७ बैशाख २०८१, शुक्रबार

अपांगता भएकी पूर्वलडाकू जबर्जस्ती करणीमा


crimes

९ जेठ, रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका–५ की २५ वर्षीया एक अपांगता भएकी महिला जबर्जस्ती करणीमा परेकी छिन् । पूर्व माओवादी लडाकूसमेत रहेकी निज महिला माओवादी युद्धताका अपांग भएकी थिइन् ।

बोल्न नसक्ने तथा हातखुट्टा नचल्ने अवस्थामा रहेकी निज महिलालाई सोही गाउँका ५१ वर्षीय हरिप्रसाद कामीले जबर्जस्ती करणी गरेको प्रहरीले बताएको छ । घरमै बसिरहेको अवस्थामा अपांग महिलालाई जबर्जस्ती करणी गर्ने कामीलाई प्रहरीले पक्राउ गरी कानूनी कारबाहीका जिल्ला प्रहरी कार्यालयमा ल्याइएको बताइएको छ ।

जिल्ला अस्पताल, रेउघामा स्वास्थ्य परीक्षणपछि महिलालाई घर पठाइएको तथा अभियुक्त कामीलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, रोल्पाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिए । अभियुक्त कामीलाई जबर्जस्ती करणीअन्तर्गत कारबाही गरिने प्रहरीले जानकारी दिएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !