१२ बैशाख २०८१, बुधबार

क्यान्सर अस्पतालमा कार्यरत एक कर्मचारी मृत भेटिए


मृत्यु

चितवन, ३ असोज । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा कार्यरत एक कर्मचारी नहरमा मृत अवस्थामा भेटिएका छन् । सिमारा घर भइ ११ वर्षदेखि अस्पतालमा कार्यरत ३२ वर्षीय सूर्य मिश्र मृतअवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अस्पतालमा बिजुली मर्मतको काम गर्दै आएका उनको शव आज बिहान ११ वजे अस्पताल नजिक हँुदै बगेको नहरमा भेटिएको थियो । शवलाई भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले घटनाको छानविन गर्न माग गर्नुभयो ।

यसैबीच करेन्ट लागेर यहाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा मायागडी गाउँपालिका वडा नं ८ घर भइ भरतपुर महानगरपालिका ३ मा रहेको त्रिशक्ति कंक्रिट एण्ड ब्लक उद्योगमा कार्यरत २७ वर्षीय प्रेम राना रहेको प्रहरीले जनाएको छ ।

उद्योगमा रहेका तारमा कपडा सुकाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुर्य थापाले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !