१३ बैशाख २०८१, बिहिबार

बझाङ केदारस्युँ पहिरो : ४ जना जनाको शव निकालियो, ३ जना बेपत्ता


बझाङमा पहिरो जाँदा ७ जना वेपत्ता, १७ घर पुरिए फाइल फोटो

बझाङ, असार २० । बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका-८ को मल्लेसिमा गएको पहिरोमा पुरिएका ४ जनाको शव निकालिएको छ । जिल्लास्थित बिसौला प्रहरी चौकी, जनप्रतिनिधि र स्थानीयहरुले पहिरोमा पुरिएका ४ जनाको शव निकालेका हुन् ।

वडा अध्यक्ष गणेशबहादुर बोहोराले ४० वर्षीया राममती जेठारा, उनका १२ वर्षीया छोरा प्रयाग जेठारा, ८० वर्षीय दले जेठारा र १३ वर्षीया सन्तु जेठाराको शव फेला परेको हो ।पहिरोमा पुरिएका मृतक राममती जेठाराकै १६ वर्षीया छोरी अस्मिता जेठारा, १५ वर्षीया शान्ति जेठारा र २२ वर्षीय गिरी जेठाराको शव अझै भेटिएको छैन् ।

उनीहरुको खोजी कार्य जारी राखिएको छ । गएराती वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले केदारस्युँ गाउँपालिका-८ को मल्लेसका १८ घर बगाएको थियो । राती पहिरो आएको थाहा पाएपछि घरभित्र रहेका अन्यले भागेर ज्यान जोगाएपनि ७ जना भने पहिरोमा पुरिएका थिए । वडाध्यक्ष बोहोराले पहिरोका कारण विस्थापीत भएकाहरु रातभरी खेतबारीमा पाल टागेर बसेको बताए ।

सदरमुकामबाट टाढा भएका कारण जिल्लाबाट खटिएको सुरक्षाकर्मीको टोली भने घटनास्थल पुग्न सकेको छैन् । बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटना स्थलतर्फ हिडेको भएपनि अहिलेसम्म पुग्न नसकेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु