१३ बैशाख २०८१, बिहिबार

आफ्नो श्रीमती महिनावारी हुँदा श्रीमानले के गर्ने ? हरेक पुरुषले पढ्नै पर्ने


महिनावारीको क्रममा महिलामा विभिन्न शारिरिक र मानसिक परिवर्तन हुने गर्दछ । यो क्रममा महिलाले आफ्नो पुरुष पार्टनरसँग सहयोग र सहानुभूतीको आशा गर्दछन् र आशा अनुरुप नतिजा पाए महिलाहरुको आधा पीडा कम हुने गर्दछ ।

महिनावारीको क्रममा के गर्ने पुरुष ?

  • बम्बे हस्पिटलकी गायनोकोलोजिस्ट डा. निरजा पौराणिकका अनुसार पुरुषले महिला महिनावारी हुँदा फोहोर वा असामान्य गतिविधीको रुपमा व्यवहार गर्नु हुँदैन ।
  • महिलाले यो क्रममा किचनमा जान नहुने, खानपिनका वस्तुहरु छुन नहुनेजस्ता कुराको कुनै वैज्ञानिक आधार छैन ।
  • पुरुषले आफ्नो महिला पार्टनरलाई कामकाजमा सहयोग गर्ने र उनको मुडलाई बुझेर डिस्टर्ब नगर्ने ।

मूडलाई बुझ्नुहोस्ः

  • महिनावारी हुँदा महिलामा चिड्चिडापन बढ्ने गर्दछ । उनको मूड बुझेर आपसी सहयोग गर्नुहोस् ।

हट वाटर ब्याग दिनुहोस्ः

  • महिनावारी हुँदा पेट दुख्नु साधारण कुरा हो । हट वाटर ब्यागमार्फत पेट दुखाईबाट राहत पाउन सकिन्छ ।

डार्क चकलेट खुवाउनुहोस्ः

  • डार्क चकलेटमा पाइने फ्लेवनाइड्सले मूडलाई राम्रो बनाउने गर्दछ ।

तरकारी र फलफूल खुवाउनुहोस्ः

  • केरा, मेवालगायतका फलफूल र हरिया तरकारीले महिनावारीको समस्यालाई कम गर्दछ ।

मसाज गर्नुहोस्ः

  • महिनावारीका बेला महिलालाई कम्मर दुख्नेलगायतका समस्या हुने गर्दछ । तपाईले हल्का हातको मसाजले उनलाई राहत दिनेछ ।

व्यायाम गराउनुहोस्ः

  • हल्काफूल्का व्यायाम वा योगाबाट पेट र ढाड दुखाईबाट राहत प्राप्त हुन्छ ।

धेरैभन्दा धेरै पानी पिउन लगाउनुहोस्ः

  • महिनावारी हुँदा शरीरमा जति पानी हुन्छ, पीडा त्यति नै कम हुने गर्दछ ।

आराम गर्न दिनुहोस्ः

  • तपाईको पार्टनरलाई महिनावारी हुँदा धेरै काम गर्न नदिनुहोस् । आराम गर्दा समस्या कम हुनेछ ।

चिया–कफी वा मसालेदार खानेकुरा नदिनुहोस्ः

  • मसालेदार खानेकुरा र क्याफेनले महिनावारीको पीडालाई बढाउने गर्दछ ।- एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !