७ बैशाख २०८१, शुक्रबार

घरमै दन्त मन्जन बनाउने सरल तरिका


घरमै दन्त मन्जन बनाउने सरल तरिका
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

घरमै दन्त मन्जन बनाउने सरल तरिका । आजकल बजारमा अनेकौं थरिका दन्त मन्जन आएका छन् । दन्त मनजन प्रयोग गर्दा दाँत चम्किलो हुनुपर्छ तर जस्ताको तस्तै देखिन्छ । मेरा फेसबुकका साथीहरु यो दन्त मन्जन बनाएर एकपटक हेर्नुहोस् मलाई जीवनमा कहिलै भुल्नु हुने छैन । दन्त मनजन बनाएर आफ्नो व्यवसाय गरेर धन पैसा समेत कमाउन सक्नुहुनेछ ।

हामीमा अनुभवको कमी छ । यदि हामीले यस्ता चिजमा ध्यान दिन सक्ने हो भने पैसा घर-घरमा छ । व्यवसाय के गर्ने भन्ने सोचमा हुनुहुन्छ भने केही जान्ने र केही सिक्ने प्रयत्न गर्नुहोस । जब तपाईं विदेशमा जान चाहनुहुन्छ त्यति बेला तपाईको सर्टिफिकेट होइन तपाइले सिकेको सिपको सर्टिफिकेट माग हुनेछ ।

सिप सिकेर यदि आफ्नै देशमा केहि गर्न सकेमा श्रम बेच्नुपर्ने थिएन । आज एकैपटक ठूलो रकमको आशामा हामी विदेशमा श्रम बेच्न लालायित भएका हुन्छौ तर आफ्नो परिवारसंगै बसेर हामी मेहनत गर्छौं भने हामीले नसोचेको सफलता प्राप्त गर्न सक्नेछौं ।

लोभको भाडो ठूलो हुन्छ जति लोभमा डुब्छौं त्यति नै दु:ख भोग्दै जानेछौं । विदेशी धनको लोभलाई त्यागेर मेहनत गर्न सकेको खण्डमा एक न एक दिन हामीले अवश्य प्रगति गर्नेछौं । आज मैले दाँतलाई कसरी चम्किलो बनाउने भन्ने बारेमा दन्त मन्जन बनाउने तरिकाको बारेमा प्रकाश पार्नेछु ।

बजारबाट फिट्करी ल्याउनुहोस् र ताबामा राखेर भुट्नुहोस सेलाएपछी उतारेर पिस्नुहोस त्यसमा चकलाई पिसेर १२,१२ ग्राम जति मिलाउनुहोस । मिलाएको पाउडरमा ३ ग्राम जति कपुर पिसरे मिलाउनुहोस् र ठूलो मुख भएको भाडामा राखेर दैनिक दन्त मन्जन गर्नुहोस् मोती जस्तै दाँत टल्कन थाल्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !