६ बैशाख २०८१, बिहिबार

बन्द कोठामा हिटर बालेर सुत्दै हुनुहुन्छ भने यी कुरा ख्याल गर्नुहोस्, नत्र हुन सक्छ मृत्यू


हिटर

एजेन्सी, जाडो बढेसंगै न्यानोको लागि विभिन्न खालका उपायहरु अपनाउने गर्छन । त्यो मध्ये एक हिटर हो जाडोमा हिटरको पनि प्रयोग गरिन्छ । हिटरलाई पनि हामीले ख्याल गरेर प्रयोग गर्नु पर्ने हुन्छ । कोठालाई न्यानो बनाउन हिटर, कोइला जस्ता सामान बालेर सुत्ने गर्छन् । तर यो तरिका एकदमै गलत र खतनाक हुने चिकित्सकहरूको चेतावनी छ । यस्ता गतिविधिले कोठामा अक्सिजनको कमी भइ मानिसको निसास्यिर मृत्यु हुन सक्छ । चिकित्सकहरूका अनुसार जुन कोठामा भेन्टिलेसन छैन् त्यस्तो कोठा पूर्ण बन्द गरेर न्यायो पार्ने सामाग्री बालेर सुत्नु एकदमै खतरनाक काम हो । यसले अक्सिजनको मात्रा पर्याप्त नपुगी मानिसको ज्यान जान सक्छ । कोठा न्यायो पार्नका लागि बालिने कोइला, दाउरा ग्यास हिटर, होलोजन हिटरबाट प्रशस्त मात्रा कार्बन मोनोअक्साइड ग्यास निस्कने गर्छ । त्यो बाहिर जान नपाएपछि मानिसको निसास्सियर मृत्यु हुने गर्छ । यति मात्र नभएर कुनै कार वा गाडीमा झ्याल बन्द गरेर इन्जिन चलाएर भित्र बस्दा पनि मानिसको निसास्सिएर मृत्यु हुने गर्छ । भारतीय छाला विशेषज्ञ अमित लुथराका अनुुसार धेरै बेरसम्म ब्लोअर, हिटर अथवा दाउराको आगो अगाडी बसिरहँदा छाला सुख्खा हुने समस्या देखिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !