७ बैशाख २०८१, शुक्रबार

चिसो धेरै छ, न्यानोको लागि हिटर किन्नुहुन्छ भने यी कुराहरु ख्याल गर्नुहोस् !


हिटर

एजेन्सी, जाडो बढेसंगै न्यानोको लागि विभिन्न खालका उपायहरु अपनाउने गर्छन । त्यो मध्ये एक हिटर हो जाडोमा हिटरको पनि प्रयोग गरिन्छ । हिटरलाई पनि हामीले ख्याल गरेर प्रयोग गर्नु पर्ने हुन्छ । यो किन्दा पनि ख्याल गरेर किन्नुपर्ने हुन्छ । हिटर किन्दा आफ्नो घर वा कोठा अनुसारको हिटर प्रयोग गर्ने । सानो कोठा छ भने कम वाटका हिटर किन्नुपर्छ । ठुलो कोठा छ भने दुई वा तीन वटा रड प्रयोग गरिएका विद्युतीय तथा ग्यास हिटर किन्नुपर्छ । ग्यास हिटरमा तपाइले प्यान अनुसारको हिटर किन्न सकिन्छ । ग्याँस हिटरमा छुट्टै ग्याँस सिलिण्डर जोड्नु पर्ने हुन्छ । ग्याँस तथा विजुलीबाट चल्ने हिटरमा भने तपाइले दुई मध्ये एक विकल्प बाट चलाउँदा हुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !