१३ बैशाख २०८१, बिहिबार

विभिन्न रोगमा सौफको प्रयोग र यसका फाइदाहरु


सौंफ
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

सौफको बारेमा थाहा नहुने को होला आजकल सवैभन्दा बढी प्रयोग यसको हुदैछ । के होटल के घर सवै ठाउँमा यस्को प्रयोग बढी हुन थालेको छ । यसको औषधिय गुणको अभावमा हामीले थुप्रै फाइदा लिनबाट बन्चित भएका छौं ।

सौंफद्वारा मानव स्वास्थ्यमा के कस्ता रोगमा प्रयोग गर्नाले के कस्ता रोग निको बनाउन सकिन्छ भन्ने कुरा जान्न सके ठूलो फाइदा हुने हामीले विश्वास लिएका छौं । सोफ हरेक घर होटलमा सबैले सेवन गर्ने भएकाले यहाँ सोफको बारेमा अधिक जानकारी पस्कनु नपर्ने देखेको छु ।

यो लेखमा सोफ र मोटो चिनी मिश्रण गरेर सुत्केरीलाई दिएमा नझरेको दूध झर्न थाल्दछ । दूग्ध उत्पादनमा यो भण्दा ठूलो औषधि केहि छैन । आज मैले सौफ द्वारा बिभिन्न रोगको बारेमा उपचार गर्ने तरिका बारे प्रकाश पार्नेछौं ।

विभिन्न रोगमा सौफको प्रयोग

१. सौंफको नियमित सेवनले अल्जाइमर जस्तो रोगमा र याद दास्तको कमिमा राम्रो फाइदा गर्दछ ।

२. सोफको नियमित सेवन गर्नाले आँखाको ज्योति बढाउदछ । ५,६ ग्राम सोफ दैनिक सेवन गराउनाले आँखा कमजोर हुनबाट बचाउदछ ।

३. तावामा भुटेको सोफमा मिश्री मिलाएर खानाले आवाज मसिनो हुनुको साथै सफा हुन थाल्दछ ।

४. यदि हजुर कोलेस्ट्रलको स्तर नबढोस भन्ने चाहना भए खाना खाएको आधा घण्टामा एक चमच दैनिक सेवन गर्नाले राम्रो फाइदा गर्दछ ।

५. बच्चा भएपछि दुध नपघ्रेमा सोफ र मिश्री समभाग पिसेर दुधसंग नियमित सेवन गराउनाले दूध राम्रोसंग पघ्रन थाल्दछ ।

यो पनि पढ्नुहोस्

जाडो मौसममा ल्वाङ खाँदाको फाईदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !