११ बैशाख २०८१, मंगलबार

चिसोले गर्दा हुने खोकीको घरेलु उपचार


खोकी
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

चिसो बढ्दै जाँदा खोकीको समस्या देखिन थाल्छ । हामीले घरमै उपलब्ध सामग्रीहरु प्रयोग गरेर यसलाई कम गर्न मात्र होइन, यस्ता केही उपायहरु छन् जसले तत्काल राहत मिल्दछ । एन्टीब्याक्टेरियल र एन्टीभायरल गुण भएका यस्ता केही घरेलु वस्तुहरुको बारेमा उल्लेख गरिनेछ ।

खोकीको घरेलु उपचार

१. एक चम्चा मह र आधा चम्चा अदुवाको धुलोलाई एक कप मनतातो कागती पानीमा मिलाएर पिउनुहोस् ।

२. एक चम्चा अदुवाको धूलोलाई एक कप पानीमा उमालेर पिउनुहोस् । यसले इन्फेक्सन र भायरसबाट बचिन्छ ।

३. बिहान बेलुका बेसारको धूलोमा दूध मिलाएर पिउनुहोस् । यसले ब्याक्टेरिया र भाइरसबाट राहत मिल्दछ ।

४. एक एक टुक्रा सक्खर र अदुवाको टुक्रा लिनुहोस् । यसमा एक चम्चा तुलसीको रस मिलाएर तताउनुहोस् । यसलाई दिनमा दुईदेखि तीन पटकसम्म सेवन गर्नुहोस् ।

५. मनतातो पानीमा नुन हालेर घोली गार्गल गर्नाले सुक्खा खोकी घट्दै जान्छ ।

६. सुक्खा खोकी निरन्तर लागेर हैरान बनाएको बेलामा मह खाने गर्नाले सञ्चो हुन्छ । महले घाँटीलाई सुक्खा हुन दिँदैन र सुक्खा खोकी लाग्ने क्रमलाई कम गरिदिन्छ ।

७. सुक्खा खोकी लागेको बेला अदुवा मिसाएको चिया खाने गर्नाले आराम मिल्छ ।

यो पनि पढनुहोस्

जाडो मौसममा ल्वाङ खाँदाको फाईदाहरु

चिसोले गर्दा हुने दमको उपयोगी घरेलु औषधी

चिसो मौसममा बदाम खाँदा हाम्रो स्वास्थ्यमा हुने फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !